नेष्डाे समृद्ध लघुवित्तको नाफामा ७१ प्रतिशतको वृद्धि, खुद ब्याज आम्दानीमा ७.५६ प्रतिशतको गिरावट

Nesdo Sambridha Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७१ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १२ कराेड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले २२ कराेड १९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेष्डाे समृद्ध लघुवित्तले ४ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेष्डाे समृद्ध लघुवित्तले ४३ करोड ८३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ६१ करोड ९० लाख रुपैयाँ रहेको छ।

नेष्डाे समृद्ध लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.५६ प्रतिशतले घटेर ३८ करोड २३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.४७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८७ रुपैयाँ ०४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३११५ काे आधारमा मूल्य आम्दानी अनुपात ३५.७८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x