सक्षम र रेजिना उत्कृष्ट साथै पुलिसले ११, आर्मीले ६ तथा एपीएफले दुई स्वर्ण जिते

ज्ञानमाण्डू।आठौँ राष्ट्रिय खेलकुद अन्तरगतको तेक्वान्दो प्रतिस्पर्धामा नेपाल आर्मी क्लबका सक्षम कार्की र पुलिसकी रेजिना कार्की उत्कृष्ट खेलाडी घोषित भएका छन् । अन्तिम दिन महिला ४६ किलो तौल समूहमा रेजिनाले स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा सुदूरपश्चिम प्रदेशकी गीता कठायतलाई पराजित गरेकिथिइन् । सो प्रतिस्पर्धामा एक नम्बर प्रदेशकी सुस्मीता राई र एपीएफकी सङ्गीता श्रेष्ठले काश्य पदक जिते । उत्कृष्ट घोषित सक्षमले ८० किलो समूहमा स्वर्ण जितेका थिए ।


पुलिसकै मनोज मल्लले फाइनलमा एपीएफका गणेश चौधरीलाई हराउँदै ५४ किलो तौल समूहमा स्वर्ण पदक जिते । मनोज पनि कोटेश्वर डोजाङमा कुनै समय प्रशिक्षण प्राप्त गरिसकेका खेलाडी हुन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित सक्षम सहित यस अघि सोही डोजाङका खेलाडीले तीन स्वर्ण जिती सकेका थिए । पाँच नम्बर प्रदेशका नवराज बस्नेत र तीन नम्बर प्रदेशका शैलेस गिरिले काश्य पदक जिते । एपीएफका चन्द्र रानालाई हराउँदै पाँच नम्बर प्रदेशका गोविन्द बहादुर आलेले ५८ केजी समूहको स्वर्ण पदक जिते त्यस्तै आर्मीका सागर गुभाजु र सुदूर पश्चिमका रञ्जित साउदले काश्य पदक जिते । 


४९ किलो समूहको फाइनलमा आर्मीकी युनिसा राईले एपीएफकी अस्मिता खड्कालाई पराजित गरिन् । एक नम्बर प्रदेशका राधा धिमाल र गण्डकी प्रदेशकी राखी शर्माले काश्यका पदक जिते । ८७ किलोको फाइनलमा पुलिसका अनुज पुजारीले आर्मीका रामहरि महतलाई हराए । सात नम्बर प्रदेशका आशिष चन्द र दुई नम्बर प्रदेशका शङ्कर यादवले काश्य पदक जिते । ७३ किलोमा साग स्वर्ण पदक धारी पुलिसकी मनिता शाहीले एपीएफकी सुस्मा गुरुङलाई हराउँदै स्वर्ण जितिन् । एक नम्बर प्रदेशका पूजा राई र गण्डकी प्रदेशकी मिना गुरुङले काश्य पदक जिते । तेक्वान्दोमा पुलिस पहिलो भएको छ भने आर्मी दोस्रो र एपीएफ तेस्रो भए । पुलिसले ११, आर्मीले ६ तथा एपीएफले दुई स्वर्ण जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x