सुनको मूल्यमा गिरावट

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ १२ गते, सोमबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार सुनको मूल्यमा गिरावट आए पनि  चाँदीको मूल्यमा भने खासै असर नपरेको महासंघले जनाएको छ । नेपाली बजारमा आज पनि चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १ हजार २६० रुपैयाँमा किनबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x