सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन २ गते

ज्ञानमाण्डू।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभा फागुन २ गते, आम्रपाली ब्यांक्वेट, नक्सालमा गर्ने भएको छ । इन्स्योरेन्सको सो सभा दिउँसो ३ बजे पश्चात् आरम्भ हुनेछ। कम्पनीको पुस २९ गते, बुधबारका दिन बसेको सञ्चालक समितिको ५६ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सभामा कम्पनीको धितोपत्र दर्ता गरी सर्वसाधारण शेयर सार्वजनिक निष्काशन अर्थात आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । यसका साथै आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x