विद्युत प्राधिकरणमा १६ सय कर्मचारीको एकैपटक सरुवा

ज्ञानमाण्डू।नेपाल विद्युत प्राधिकरणमा कार्यरत करिब १६ सय कर्मचारीको एकैपटक सरुवा गरेको छ ।प्राधिकरण सेवा विनियमावली, २०६२ अनुसार एउटै कार्यालयमा तोकिएको अवधि पूरा गरेका १ देखि ९ तहसम्मका कर्मचारीको सरुवा गर्न लागिएको हो ।

प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिँदै १५ सय ७४ कर्मचारी कर्मचारीहरुलाई नयाँ कार्यालयमा खटाएको हो ।

प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन ब्याप्त  भएकाले प्राधिरकणले नियमित सरुवालाई निरन्तरता दिने गरेको छ ।यसअघि २०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा प्राधिकरणले २५ सय कर्मचारीको सरुवा गरेको थियो ।यसपछि पनि नियमित सरुवालाई निरन्तरता दिने गरी प्राधिकरणले यसपटक कर्मचारीको सुरुवा गरेको  छ ।

यसले गर्दा एउटै कर्मचारी एकै स्थानमा नबस्ने र त्यसले गर्दा सुशासन कायम गर्न सहज हुने विश्वास प्राधिकरणलाई छ ।

कुन कमर्चारी कता सरूवा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x