सानिमा बैङ्कको नाफा सामान्य बढ्याे, प्रतिशेयर आम्दानी १९ रुपैयाँ २ पैसा | Sanima Bank

sanima bank

ज्ञानमाण्डू। सानिमा बैङ्कको नाफा १.३४ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ६ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ७ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैङ्कले १ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ९५ करोड रुपैयाँ र संचित मुनाफा ५७ कराेड ८२ लाख रूपैयाँ रहेको छ ।

Click here to join Gyanmandu.com's Viber Community

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.३४ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ५७ कराेड ८२ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.३१ प्रतिशत र प्रतिशेयर आम्दानी १९ रुपैयाँ २ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३९१ काे आधारमा मूल्य आम्दानी अनुपात २०.५६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x