नेपाल टेलिकमकाे नयाँ वर्ष अफर



ज्ञानमाण्डू। नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्ष (New Year) को अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष (New Year Offer) अफर उपलब्ध गराएको कम्पनीले जनाएकाे छ । यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुने टेलिकमले बताएकाे छ ।

यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ भने यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने टेलिकमले  जनाएकाे छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ

यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराएको कम्पनीले जनाएकाे छ ।

यस अफरबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुन्छन् भन्ने कम्पनीको विश्वास रहेको कम्पनीले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x