माछापुच्छ्रे बैङ्क Corporate Super Sixes “Season- 6” को मुख्य प्रायोजक

ज्ञानमाण्डू।माछापुच्छ्रे बैङ्क लि. को मुख्य प्रायोजनमा Corporate Super Sixes “Season- 6” को आयोजना हुने भएको छ । काठमाडौँमा मिति २०७६/०७/०५ गते आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैङ्क लि. र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबिच Corporate Super Sixes “Season- 6” को मुख्य प्रायोजक माछापुच्छ्रे बैङ्क लि. रहने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमन सिवाकोटी ज्यूले हस्ताक्षर गरे । सम्झौता पश्चात् यो वर्षको Corporate Super Sixes “Season- 6” Tournament को नाम माछापुच्छ्रे बैङ्क, Corporate Super Sixes “Season- 6” Tournament रहनेछ ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैङ्क लि. का प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउँदै माछापुच्छ्रे बैङ्कले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरूको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यनजर गर्दै बैङ्कले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए । साथै उनले पूर्वमा झापादेखि पश्चिममा महाकाली सम्म २७१ भन्दा बढी सेवा सञ्जाल मार्फत आम नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छ्रे बैङ्कले विशुद्ध बैंकिग सेवा मात्र नभएर अन्य थुप्रै कार्यहरूमा सहभागिता जनाउँदै आएको बताउँदै खेलकुद क्षेत्र जहिले पनि बैङ्कको प्राथमिकतामा रहने जनाए । प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छ्रे बैङ्क, Corporate Super Sixes “Season- 6” Tournament कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रूपमा मनाउने तयारी रहेको यस विज्ञप्तिद्वारा जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x