शोधनान्तर घाटा २२ अर्ब अधिक

balance of payment nepal

ज्ञानमाण्डू। चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् श्रावणमा मात्रै मुलुकबाट बाहिरिने र भित्रिने रकम बिचको अन्तर (शोधनान्तर स्थिति) २२ अर्ब ६३ करोड रुपैयाँ घाटामा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६ प्रतिशतको गिरावट हो। गत आ.व.को सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ कराेड रूपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो आ.व.को सोही अवधिमा ३२ करोड ५५ लाख रूपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ काराेड ७७ लाख रूपैयाँले घाटामा रहेको तथ्याङ्कले जनाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४१ प्रतिशतको गिरावट हो।

समीक्षा अवधिमा चालु खाता १६ अर्ब २६ करोड रूपैयाँले घाटामा रहेको छ । गत आ.व.को सोही अवधिमा चालु खाता ४७ अर्ब २९ कराेड रूपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आ.व.को सोही अवधिमा ३९ करोड ७४ लाख रूपैयाँले घाटामा रहेको चालु खाता चालु आ.व.को श्रावण अन्त्यसम्ममा १२ करोड ७७ लाख रूपैयाँले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको श्रावण अन्त्यसम्ममा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० कराेड ३ लाख रूपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रूपैयाँले ऋृणात्मक रहेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख रूपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रूपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x