स्वर्णपदक विजेता शाक्य र बस्नेत सम्मानित

ज्ञानमाण्डू।काठमाडौँ महानगरपालिका वडा नं ३१ ले स्वर्णपदक विजेता आयशा शाक्य र रजत पदक विजेता आशिष् बस्नेतलाई सम्मान गरेको छ । कामपा वडा नं ३१ ले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा आफ्नो वडावासी तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेतालाई सम्मान गरेको हो ।

शाक्यले तेक्वान्दो खेलको पुम्से एकल तथा युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समूहमा गरी दुई वटा स्वर्ण पदक हासिलगरेकी थिइन् भने बस्नेतले बास्केटबलमा रजत पदक प्राप्त गरेका थिए । कार्यक्रममा शाक्यलाई ५० हजार रुपैयाँ र बस्नेतलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको हो । सो अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दीपक विष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, ब्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको छ । 

कार्यक्रममा प्रदेशसभा सदस्य गणेश दुलालले खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए । वडाध्यक्ष नारायण भण्डारीले स्वस्थ समाज निर्माणका लागि महानगरले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । महानगरको सम्मानबाट आफूहरूलाई खेलमा लाग्न थप हौसला मिलेको सम्मानित खेलाडीहरू शाक्य र बस्नेतले धारणा राखेका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x