शिखर इन्स्योरेन्सको मूल्य समायोजन पछिको भाउ कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बुधबार शिखर इन्स्योरेन्स कम्पनीको २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य दुई हजार बाउन्न रुपैयाँ निर्धारण भएको छ।
 

सोही मूल्यलाई आधार मानेर बुधबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता दुई हजार छ सय बाइस रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले  चैत ९ गते सोमबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा १५ औँ र १६ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २७ दशमलव ७६९ प्रतिशतले हुन आउने बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ४६२ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्न लागेको हो । बुधबार फागुन २६ गते बुक क्लोज गरेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको मङ्गलबार फागुन २५ गतेसम्म कायम शेयरधनी तथा लगानिकर्ताहरुले मात्र सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउन योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x