नाफामा गिरावट आएको सेञ्चुरी कमर्शियल बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। सेञ्चुरी कमर्शियल बैङ्कको नाफा ६.७७ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ८० कराेड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ७५ करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

९ अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सेञ्चुरी कमर्शियल बैङ्कले ९३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब १ करोड रुपैयाँ र संचित मुनाफा ५९ कराेड ६२ लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.२९ प्रतिशतले घटेर २ अर्ब ६० करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा ५९ कराेड ४६ लाख रुपैयाँ रहेकाे छ अर्थात सेञ्चुरी कमर्शियल बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट ६.६ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.९५ प्रतिशत र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३० पैसा छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३४ पैसा र पछिल्लाे काराेबार मूल्य रू २८८.१० काे आधारमा मूल्य आम्दानी अनुपात ३४.७१ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x