नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा, लगानीकर्ताले १३ दशमलव ५ प्रतिशत बोनस सेयर पाउने

ज्ञानमाण्डू। नेशनल लाइफ इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३/७४ मुनाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर पारित गर्दैछ ।

कम्पनीले केन्द्रीय कार्यालय, लाजिम्पाटमा आज १५ चैत्र २०७५, शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले चैत १ गते देखि १५ गते सम्म शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार फागुन ३० गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

साधारण सभाले ३५ करोड ७७ लाख १३ हजार १९१ रूपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ ।

हाल कम्पनीको दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार २४४ रूपैयाँ रहेको चुक्ता पूँजी बोनस शेयर वितरण पश्चात तीन अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गरी जारी पूँजी ४ अर्ब पुर्याउने तथा हाल कायम रहेको संस्थापक समूह क र विदेशी लगानीकर्ता समूह ख लाई एउटै समूह क मा राख्ने र ख हटाउने प्रस्ताव पनि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x