साना किसान विकास लघुवित्तमा राेजगारीकाे अवसर, याेग्यता +2 पास

ज्ञानमाण्डू। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले करार सेवामा तपसिल अनुसारको जनशक्ति देहायबमोजिम योग्यता पुगेका नेपाली नागरिकले आफ्नो शैक्षिक योग्यता, नागरिकता, तालिम र अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपीहरू, हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो एवं वित्तीय संस्थाले तोकेको ढाँचामा यो सूचना प्रकाशित मितिले ७ दिन भित्र (सो दिन सार्वजनिक विदा पर्न गएमा त्यस पछि कार्यालय खुल्ने पहिलो दिन) कार्यालय समय भित्रमा तलको ठेगानामा आवेदन पेश गर्न सूचना प्रकाशन गरेको छ।


(क) व्यवस्थापन, अर्थशास्त्र, सामाजिक विज्ञान, कृषि विज्ञान तथा अन्य सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी लघुवित्त/सहकारी क्षेत्रको सञ्चालन र व्यवस्थापनमा कम्तिमा १ वर्षको अनुभव हासिल गरेको वा उल्लिखित विषयमा प्रविणता प्रमाण पत्र तह वा दश जोड दुई उत्तीर्ण गरी लघुवित्त सहकारी क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव हासिल गरेको।




आवेदक नेपाली नागरिक र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान हासिल गरेको हुनु पर्नेछ। वैयक्तिक विवरण (दरखास्त फाराम) यस वित्तीय संस्थाको Website: http://www.skbbl.com.np बाट Download गरी प्राप्त गर्न सकिनेछ । रित नपुगेको तथा तोकिएको समयभन्दा पछि प्राप्त हुने आवेदनमाथि कुनै कारवाही हुने छैन । छनौट सूचिमा परेका उम्मेदवारहरूलाई मात्र अन्तरवार्ताका लागि सूचित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x