आज देखि राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनकाे आईपीओ विक्री खुल्ला


ज्ञानमाण्डू। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गते (आज) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता २१ लाखसम्म तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरका साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रूकुम पूर्वी जिल्ला र रूकुम पश्चिम जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरिएकोमा बाँकी रहेको ३७ हजार ६२३ कित्ता शेयरमा थप गरी २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन गर्नेछ भने त्यस मध्ये ५% अर्थात १,१८,३१२ कित्ता शेयर सामुहिक लगानी कोषहरुमा। बाँटफाँट गरिएको र ३% अर्थात ७०,९८८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी २१,७६,९४० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) साउन १ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन ११ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड र सह-निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x