आज सम्म कायम शेयरधनीले एक्सेल डेभलपमेन्ट बैंककाे लाभांश लिन पाउने


ज्ञानमाण्डू। एक्सेल डेभलपमेन्ट बैंक लिमिटडले यही साउन ९ गते साेह्राै वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीकाे हाल कायम चुक्ता पुँजीकाे ८.५ प्रतिशतका दरले बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने् प्रस्ताव पारित गर्ने छ। 

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २८ गते देखि साउन ९ गते सम्मका लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असार २७ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभासिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आ.व. २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन गर्ने, आ.व.२०७८/७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ भने सञ्चालक समितिले संस्थापक शेयरधनीहरुका तर्फकाे रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि गरेकाे नियुक्ति अनुमाेदन गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x