सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै २८ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात अईतबार भदाै २७ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x