एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर सूचीकरण

ज्ञानमाण्डू। एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधरणमा वितरण गरिएको  ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा मिति २०७७/०३/२४ गते सूचीकरण भएको  छ ।



नेपाल धितोपत्र बोर्डबाट मिति २०७६।१२।०४ गते स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २,३७,८०,००० कित्ता शेयर माग गरी आवेदन प्राप्त भएकोले ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २,३७,८०० कित्ता शेयर बाँडफाँड भएको र कर्मचारीहरुलाई ७४,००० कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरुबाट ७४,००० कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याईएको प्राथमिक निष्काशन ४४,४३,२०० कित्ता शेयर सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको शेयर निष्काशन मिति २०७७/०३/१४ गते (बैंकिङ्ग समय पश्चात) निष्काशन बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x