इंग्ल्यान्डलाई पराजित गर्दै अस्ट्रेलिया आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा

ज्ञानमाण्डू।जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा साबिक विजेता अस्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको छ । मङ्गलवार भएको खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अस्ट्रेलिया आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लर्डस क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको २८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४ ओभर ४ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । र यो सँगै अस्ट्रेलिया जारी विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने पहिलो टिम पनि बनेको छ ।
२८६ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा २२१ रन मात्रै बनाउन सक्यो ।इंग्ल्यान्डका लागि बेन स्टोक्सले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन असफल रहे ।यस्तै इंग्ल्यान्डका लागि जोनी बैस्टोले २७, क्रिस वोक्सले २६ तथा जोस बट्लर र रशिद आदीलले समान २५२५ रनको योगदान पुराए ।इंग्ल्यान्डका लागि अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा टोली पराजित हुन पुगेको हो ।

बलिङतर्फ अस्ट्रेलियाका जासन बेहरेन्र्डोफले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४४ रन खर्चेर पाँच विकेट लिएका थिए । त्यस्तै, मिचेल स्र्टाकले चार विकेट लिना सफल रहे भने मार्कस स्टोइनिसको नाममा १ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङका लागि चयन भएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो ।अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले १०० रनको शतकीय इनिङ्स खेले । अस्ट्रेलियाका ओपनर आरोन फिन्चले १ सय १६ बलमा ११ चौका र २ छक्का सहित १ सय रनको योगदान दिँदै वान डे करियरको १५ औँ शतक हात पर्न सफल रहे ।यस्तै डेभिड वार्नरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै एलेक्स केरी र स्टेभेन स्मिथले समान ३८३८ रन बनाए ।

बलिङतर्फ इंग्ल्यान्डका लागि क्रिस वोक्सले २ विकेट लिए । यस्तै जोफ्रा आर्चर, मार्क वुड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको अस्ट्रेलिया जारी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । अस्ट्रेलियाले ७ खेलबाट १२ अङ्क जोडेको छ ।पराजित इंग्ल्यान्ड ७ खेलबाट ८ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । इंग्ल्यान्डको पनि शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x