ऐतिहासिक गलकोटमा मूर्तिकारको जमघट

ज्ञानमाण्डू।बागलुङको गलकोटमा आयोजना हुने अन्तर्राष्ट्रिय मूर्तिकार कार्यशालाका सहभागी कलाकार यहाँ आइपुगेका छन्  । जुन इचिरो सुगीमोतो (जापान ), लिउ याङ्ग( चीन), बिटिनो फ्रान्सेनी( इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), ट लिन लि जेन (ताइवान) जुली ग्ल्यास्पी (क्यानडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल) ,जर्जलुइज (ब्राजिल)र ल्युड्मेल (युक्रेन) कार्यशालामा भाग लिन बागलुङ आएको जनाइएकोे छ । नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछन् । 

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलसहित कालिका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला प्रशासन र गलकोट क्षेत्रका बासिन्दाले कालिका मन्दिर परिसरमा कलाकारलाई स्वागत गरे । समितिका अध्यक्ष राजु खड्काले कलाकारलाई भजनकृतनसहित कालिका मन्दिर परिसर घुमाएका थिए । 

आजदेखि गलकोट नगरपालिका–५ टेउवामा कार्यशाला सुरु हुँदै छ । सहभागिकलाकारले फागुन २१ गतेसम्म टेउवामा बसेर मूर्ति कुद्ने छन् । विशेष गरी मानव जीवनका लागि उपयोगी, इतिहास र संस्कृतिसम्बन्धी मूर्ति कुँदिने योजना बनाइएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले जानकारी दिए । 

गलकोट ऐतिहासिक कोट भित्र रहेको छ । यहाँको धेरै इतिहास र कलासमेत रहेको बताइन्छ । कलालाई पुनर्जागरण गर्ने, विदेशमा भएका कतिपय कलाकारिता र मानवीय संवेदनासँग जोडिएका मूर्ति कुद्ने काम कार्यशालामा हुने छन् । यसका लागि पाँचदेखि १० टनसम्मका ठुला ढुङ्गा लगेर राखिएको छ । ती ढुङ्गालाई तलमाथि चलाउनका लागि डोजरको प्रयोग गरिनेछ । मूर्तिका लागि कलाकारबाट विषय छनोट गरिसकिएको हो । 

कलाकारले मूर्ति कुद्ने ढुङ्गामा त्यही देशको झण्डासमेत राखिएको छ । उनीहरूले दुई सातासम्म त्यही बसेर मूर्ति कुद्ने छन् । यसरी कुँदिएको मूर्तिलाई रक गार्डेनका रूपमा विकास गरिनेछ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको घुम्टे जाने बाटैमा पर्ने भएकाले टेउवा आकर्षक विश्रामस्थल पनि हुनेछ ।

“प्रतिष्ठानले गरेको अभियान निकै महत्त्वपूर्ण छ, हामीले पनि साथ र सहयोग गर्छौँ”, गलकोट नगरप्रमुख भरत शर्मा गैरेले भने, “नगरपालिकाको पर्यटन पूर्वाधार तथा प्रवर्द्धनात्मक कामलाई प्रतिष्ठानले थप सहयोग गरेको छ ।” सो अभियानका लागि नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । झन्डै डेढ करोड खर्च हुने सो कार्यशालाबाट वर्षेनी त्यत्तिकै आम्दानी गर्न सकिने गन्तव्य बन्न सक्ने जनाइएको छ । 

गलकोट पुरानो सदरमुकाम पनि हो । विदेशी पाहुना स्वागतका लागि हरिचौर बजार र टेउवालाई चिटिक्क पारिएको स्थानीय मन्जेसबम मल्लले जानकारी दिए । “विदेशीलाई सामान्य घर र होटेलमा राख्नुभन्दा टेउवामै टेन्ट राखेर सेवा सुविधासमेत दिई राख्ने व्यवस्था गरिएको छ”, उनले भने, “गलकोटको दृश्यावलोकन गर्ने अवसर पनि उनीहरूलाई हुनेछ ।” टेउवामा स्थानीयले जग्गासमेत दिएका छन् । 

ढुङ्गाको मूर्ति कुँदिएकाले वर्षौँसम्म नबिग्रने र सयौँ वर्षपछि पनि अध्ययन केन्द्रको रूपमा रहने जनाइएको छ। रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x