नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बिच सम्झौता


ज्ञानमाण्डू।नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् बीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंक​को कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका एस एम ई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभ सोलुसन्स्की अध्यक्ष सुनिता न्हेम्हाफुकी बीच हस्ताक्षर भएको छ । 

साझेदारीको बारेमा बोल्दै बैंकका एस एम ई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेतले नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको बताए । उनले कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुग्ने विश्वास बैंकको रहेको बताए ।

उनले अगाडि भने, ‘हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्याउन उत्साहित छौं । नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ ।’  

आर एन्ड डी का अध्यक्ष सुनिता न्हेम्हाफूकीले नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम संचालन गर्न नसक्नु रहेको बताइन् । कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहुँच सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x