प्रभु बैंकको नाफा ८५ करोड, प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा

 Prabhu Mobile Banking - Google Play मा एपहरू

ज्ञानमाण्डू। प्रभु बैंकको नाफा ३५.२५ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ६२ करोड ८४ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले ८५ करोड १४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैंकले १ खर्ब ३३ अर्ब २९ करोड २५ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब ६ करोड ७० लाख ७४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ३० करोड ४६ लाख १२ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ४० कराेड १ लाख ३६ हजार रूपैयाँ रहेको छ ।

As on  30th Ashoj 2077 BS

विवरण
प्रथम त्रैमास २०७७/७८ 
(रू हजारमा)
चुक्ता पुँजी
रू १०,३१,५५,०७
निक्षेप संकलन
रू १,३३,२९,२५,१५
कर्जा लगानी
रू १,१६,०६,७०,७४
खुद ब्याज आम्दानी
रू १,६९,३९,२७
नाफा/(नाेक्सान)
रू ८५,००,१४
जगेडा कोष
रू ४,३०,४६,१२
संचित मुनाफा
रू १,४०,०१,३६
निष्कृय कर्जा
२.६७%
प्रतिशेयर आम्दानी
३२ रुपैयाँ ९६ पैसा
प्रतिशेयर नेटवर्थ
१५५ रुपैयाँ ३० पैसा
आम्दानी अनुपात
७.२२ गुणा

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २०.४१ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ३९ लाख २७ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १७ कराेड ५६ लाख २८ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.६७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा छ र मूल्य आम्दानी अनुपात ७.२२ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x