ग्लोबल आइएमई बैङ्क लि. र सुमेरु अस्पताल प्रा.लि. बिच सम्झौता

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैङ्क लि. र सुमेरु अस्पताल प्रा.लि. बिच अस्पतालले बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैङ्कको कार्ड बिक्री तथा बजार प्रबद्र्घन विभाग प्रमुख श्री नवीन सुवेदी र सुमेरु अस्पताल प्रा.लि.का निर्देशक श्री दिलीप डङ्गोलले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैङ्कले आफ्ना ग्राहकहरूलाई बैङ्किङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको छ ।


उक्त सम्झौता पश्चात् सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैङ्कबाट डेबिट ९म्भदष्त०, क्रेडिट ९ऋचभमष्त०, प्रिभिलेज ९एचष्खष्भिनभ० कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैङ्कका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् । 
ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैङ्किङ सेवा मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । 
बैङ्कले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, १४८ एटिएम, १५५ शाखारहित बैङ्किङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय (अष्टे«लिया, बेलायत र भारत) मार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
त्यस्तै बैङ्कले अत्याधुनिक प्रविधियुक्त भाइवर बैङ्किङ सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैङ्किङ सेवाको साथमा रु. १५ लाखसम्म बिना धितो प्रोफेशनल कर्जा पनि उपलब्ध गराउँदै आएको छ । 
त्यसै गरी बैङ्कले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकहरूबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x