सूर्या लाईफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम रु.३८ देखि अधिकतम ७३ रुपैयाँसम्म पाउने


ज्ञानमाण्डू।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको बोनसदर अनुसार सूर्या लाईफले जारी गरेका तिन किसिमका बीमालेख योजनाहरुमा न्युनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । इन्स्योरेन्सले गत कात्तिक ५ गते बीमा समितिबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै २०७७ असार मसान्तसम्म जारि भएका मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुमा उक्त अवधिको लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकमका आधारमा निर्धारण गरेको हो ।

  • अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
यस बीमालेखको हकमा इन्स्योरेन्सले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ  बोनसदर निर्धारण गरेकोे छ।  

इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको ६ हजार ९ सय ५३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिका बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

  • सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा इन्स्योरेन्सले न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४३ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५८ रुपैयाँ १५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको ६१ हजार १५० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिका बीमितले प्रतिहजार ४८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।


  • सावधिक तथा आजीवन बीमालेख
सावधिक तथा आजीवन बीमालेखको हकमा इन्स्योरेन्सले न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सावधिक तथा आजीवन बीमालेमा ९ वर्ष अवधिको लागि प्रति शजार ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५८ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको ६ हजार ६९४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x