माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँबीच सम्झौता

ज्ञानमाण्डू।माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँबीच छुट्टै–छुट्टै मितिमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट-के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भूक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् । नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहक महानुभावहरुलाई सहुलियत प्रदान गर्नको लागि बैंकले बिभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको कुरा बैङ्कले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहक महानुवहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x