चितवन प्रिमियर लिग शुक्रबारदेखि

ज्ञानमाण्डू।चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि शुक्रबारदेखि यही माघ २५ गतेसम्म नारायणगढको क्याम्पाचौरमा पहिलो पटक चितवन प्रिमियर लिग गर्न लागिएको हो ।

नारायणी एडभर्टाइजिङ एन्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट सङ्घको सहआयोजनामा प्रतियोगिता हुँदै छ । प्रतियोगितामा जिल्लाका पाँच टिम भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्यान्ड्स र राप्ती र्यापिडसको सहभागिता रहेको छ । 

प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, ट्रफी, मेडल र उपविजेताले रु एक लाख, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट अलराउन्डरको पुरस्कार प्रदान गरिने छ । यस्तै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठुलो व्यावसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । 

इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले चितवनमै क्रिकेट रङ्गशाला बनिरहेको अवस्थामा यस प्रतियोगिताले चितवनको क्रिकेट विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x