इन्फिनिटी लघुवित्तकाे नाफा ११ करोड ८३ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४१ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्फिनिटी लघुवित्तले ४ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, इन्फिनिटी लघुवित्तले २ अर्ब ७१ करोड ४३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २२ करोड ३२ लाख रुपैयाँ रहेको छ।

इन्फिनिटी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३२.२३ प्रतिशतले बढेर २५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.६९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ०७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x