नाफा वृद्धि गरेको नेपाल बैङ्कको वितरण योग्य मुनाफा घट्यो


ज्ञानमाण्डू।नेपाल बैङ्कको नाफा ३७.१४ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ५५ कराेड ४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ७५ करोड ४८ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१२ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बैङ्कले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १७ अर्ब २२ करोड रुपैयाँ र संचित मुनाफा ३ अर्ब ८८ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.९८ प्रतिशतले बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी १ अर्ब ४८ करोड रहेको थियो।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा १९ करोड ४६ लाख रहेको थियो।

बैंककाे निष्कृय कर्जा अनुपात २ प्रतिशत र प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४७९ काे आधारमा मूल्य आम्दानी अनुपात २०.१ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x