नेप्सेद्वारा ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत ८१ वटा कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ ।नेप्सेले धितो पत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण बैङ्कसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । आज कार्तिक ३ गते देखि नै ती कम्पनीको सेयर कारोबार रोक्का भएको एक्सचेन्जले जनाएको छ ।

कारोबार रोक्का भएका कम्पनीहरूमा १९ वटा माइक्रो फाइनान्स कम्पनी, व्यापार समूहका ३, होटेल २,  अन्य २, उत्पादन मूलक ११, डेभलपमेन्ट बैङ्क १८ वटा, बिमा २ वटा,  वित्त कम्पनी ११ र जलविद्युत कम्पनी १३ वटा रहेका छन् ।

धितो पत्र सूचीकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक नवीकरण शुल्क बुझाइसक्नुपर्ने प्रावधान रहेता पनि ती कम्पनीहरूले सो शुल्क समयमा नतिरेका कारण कारोबार रोक्का भएको हो । यी कम्पनीहरूले वार्षिक नवीकरण शुल्क बुझाएपछि भने कारोबार खुला हुने नेप्सेले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x