माछापुच्छ्रे बैक र फाेकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि बीच भुक्तानी सेवा सम्झौता



ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लि. र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि द्धारा संचालित मोको डिजिटल वालेट बीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै गरि माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले mVisa, alipay र Union Pay संग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको QR बाटै भुक्तानी लिन सकिने बैंकले जनाएकाे छ ।

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरु ल्याई रहेको छ । साथै बैंकले बढ्दो साइबर अपराधहरुलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारहरुलाई अझ सुरक्षित र भरपर्दो बनाउदैँ आई रहेको बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x