सलाम एयरद्धारा रक्तदान कार्यक्रम आयोजना

ज्ञानमाण्डू।सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको सलाम एयरको आयोजनामा हालै लाजिम्पाटस्थित कार्यालय  प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भयो । 

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान गरेकाछन् । दुर्लभ रक्त समुह भएका भोला सापकोटा पर्यटन व्यवसायि तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए । रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक हुनुहुने सवैलाई अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरेका छन् ।

सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए । 

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल सलाम एयरको नेपाल जीएसए हो ।  मध्यपूर्वी एसियाका विभिन्न देशहरुमा कार्यरत तथा उक्त देशहरुमा घुम्न चाहाने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई लक्षित गरि सलाम एयरले आइएमई ट्राभलको सहकार्यमा हवाई सेवा संचालनमा ल्याएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x