पत्रकारिता पुरस्कार स्थापना

ज्ञानमाण्डू।नेपाल पत्रकार महासङ्घ र मिश्री–विजय फाउन्डेसनबिच ‘भक्तलाल–तुलसीमाया स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने सहमति भएको छ । पुरस्कार स्थापना गर्नका लागि महासङ्घ अध्यक्ष गोविन्द आचार्य तथा फाउन्डेसनका अध्यक्ष विजयलाल श्रेष्ठले आज सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

रु एक लाख ११ हजार १११ राशिको पुरस्कार ‘भक्तलाल स्मृति दिवस’ को अवसर पारेर फागु पूर्णिमाको भोलिपल्ट वितरण गरिनेछ ।

महासङ्घका अध्यक्ष आचार्यले ‘भक्तलाल–तुलसीमाया स्मृति पत्रकारिता पुरस्कार’को स्थापनाले नेपालको जहानियाँ राणा शासन अन्त्यका लागि सुब्बा भक्तलाल श्रेष्ठ र उहाँकी जीवनसङ्गिनीले गरेका  योगदानका बारेमा चर्चा हुने बताए । उनले उक्त पुरस्कारले पत्रकारलाई हौसला दिने समेत जनाए ।

विसं १९९७ का चार शहीदमध्ये गङ्गालाल श्रेष्ठका कान्छा भाइ तथा मिश्री–फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आफ्ना आमाबुबाले गरेका योगदानको सम्मानस्वरुप उक्त पुरस्कारको स्थापना गरिएको बताए ।

पत्रकारिता क्षेत्रमार्फत नेपालको राष्ट्रियता, सामाजिक न्याय, समाजसेवा, पर्यावरण संरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने पत्रकारलाई सम्मान गरी मर्यादित, जिम्मेवार र सेवामुखी पत्रकारिताको विकासमा टेवा पु¥याउने उद्देश्यले यस पुरस्कारको स्थापना गरिएको हो ।रा.स.स 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x