पहिरो पिडितका लागि आश्रयस्थल

ज्ञानमाण्डू।म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितको लागि युवा र विद्यार्थीले श्रमशिविर सञ्चालन गरेर आश्रयस्थल बनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा सङ्घ र अनेरास्ववीयू म्याग्दीको टोलीले युवा र विद्यार्थी परिचालन गरेर आश्रयस्थल बनाएका हुन् । ६३ परिवारका लागि ५१ वटा जस्तापाटाले छाएको टहरा बनाएको राष्ट्रिय युवा सङ्घका नेता शिशिर शाहीले जानकारी दिए । 

गाउँपालिकाले जस्तापाटा खरिद गरेको थियो । राष्ट्रिय युवा सङ्घ म्याग्दीका संयोजक प्रवीन शाही र अनेरास्वबीयूका संयोजक सुवास विश्वकर्मा नेतृत्वको टोलीले टहरा छाउन श्रमदान गरेका थिए । पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थायी बसोबासका लागि गत साउनमा ४० जना युवा, विद्यार्थी नेतासहित स्थानीय युवाले पाँच दिन श्रमशिविर चलाएर ५१ वटा टहरा बनाएका थिए । 

सो टहरा छाएर पूर्णता दिन बुधबार र बिहीबार २० जनाले श्रमदान गरेका थिए । यसअघि टहरा बनाउनका लागि बाँस र काठ सङ्कलन गर्ने तथा व्यवस्थापनको काम गरेका थिए । बेशीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएका छन् । घण्टीवाङ र रिखका पहिरो पिडित बसेको आरवाङको जनविकास आधारभूत विद्यालयमा दुई वटा अस्थायी शौचालय र सेफ्टी ट्याङ्की बनाएका छन् । मराङको कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखमा पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो । दुई जना अझै बेपत्ता छन् । पहिरोले १७ घरमा पूर्ण, १५ घरमा आंशिक क्षति र ७८ घर उच्च जोखिममा भएका वडा अध्यक्ष राजाराम सुवेदीले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x