चन्द्रागिरी हिल्सलाई आइपीओ निष्काशनका लागि धिताेपत्र बोर्डबाट अनुमति

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उद्यमी चन्द्रप्रसाद ढकालको प्रमुख लगानी रहेको चन्द्रागिरि हिल्सले धितोपत्र बोर्डबाट आइपिओ निष्कासनको लागि अनुमति पाएको छ । चन्द्रागिरि हिल्सले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता प्राथमिक शेयर (आइपिओ) जारी गर्न धिताेपत्र बोर्डबाट अनुमति पाएको हो ।


प्रतिशेयर १ सय रुपैयाँ अङ्कित दरमा स्थानीय र सर्वसाधारणको लागि जारी पुँजीको १२ प्रतिशत बराबरको शेयर  जारी गर्न लागेको चन्द्रागिरि हिल्सकाे बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आइपिओ निष्कासनका लागि जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x