सनराइज बैंकको थप दुुुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ज्ञानमाण्डू।सनराइज बैंक लिमिटेडले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं.–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क न.पा वडा नं.–११, बनौली, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको जानकारी दिएको छ । उक्त दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको बैंकले जनाएको छ । 

मंगलबार, मिति २०७८/०१/०७ गते आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम खड्क न.पा वडा नं.–११ का वडा अध्यक्ष श्री राम कृष्ण चौधरी र प्रदेश प्रमुख श्री रोहित कुमार महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैंकले उल्लेख गरेको छ । 


त्यसै गरी २०७८/०१/०४ शनिबार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रममा महाङ्काल गाउँपालिका वडा नं. ६ का वडा सचिव श्री इश्वरा पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैंकले थप जनाकारी दिएको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरुले ए.टि.एम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्ने बैंकले  जनाएको छ । कृषि र रेमिट्यान्स प्र मुख आयस्रो त रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको सनराइज बैंकले लिमिटेडले यस प्रेस विज्ञप्तिद्वारा जनाकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x