सिवाईसी नेपाल लघुवित्तकाे नाफा ८ करोड ३ लाख, खुद ब्याज आम्दानीमा ५७.२९ प्रतिशतकाे वृद्धि

CYC Nepal Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ कराेड १८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ८ कराेड ३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१२ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिवाईसी नेपाल लघुवित्तले ३ अर्ब ५९ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सिवाईसी नेपाल लघुवित्तले १ अर्ब ६४ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २८ करोड ८ लाख रुपैयाँ रहेको छ।

सिवाईसी नेपाल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५७.२९ प्रतिशतले बढेर २१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.९५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x