होटल एशियाटिक आइशोलेशनका रुपमा

ज्ञानमाण्डू । नेपालमा पहिलो पटक निजीस्तरबाट विराटनगरस्थित होटल एशियाटिकमा आइशोलेसन सञ्चालनमा ल्याइएको छ । बन्दाबन्दी, निषेधाज्ञा जस्ता कार्यले बन्द रहेका होटललाई यसबाट केही हदसम्म मद्दत पुग्ने देखिन्छ । 

प्रदेश सरकारको पहिलेदेखि नै स्थानीय होटललाई आइशोलेशन सञ्चालन गर्ने सोचलाई होटल एशियाटिकले पूरा गरेको छ । सो होटलमा हाल ६५ शय्या तयार गरिएको छ । अत्यन्त सुविधासम्पन्न सो होटल शनिबारदेखि आइशोलेशनका रुपमा चलाइएको होटल सञ्चालक पुण्य भट्टराईले जानकारी दिएका छन् । 

वातावरणअनुकूलित सो आइसोलेशनमा नेपाल विद्युत् प्राधिकरण दमकका छ, राष्ट्रिय वाणिज्य बैंक विराटनगरका एक र नेपाल राष्ट्र बैंक विराटनगरका एक जना बसिरहेका छन् । अहिले सुनसरीको इटहरीबाट दुई जना आउन लागेको जनाइएको छ । 

तातो र चिसो दुवै पानी पाइने सो आइसोलेशनको एक कोठाको दैनिक रु एक हजार १०० शुल्क कायम गरिएको छ । मरीचयुक्त कालो चिया निःशुल्क उपलब्ध हुने छ । खानामा बिहानको खाजा, दिउँसोको खाना, रातिको खाना तथा बेसार र दूधसहितको सुप दिइने छ । दुई किसिमको होटलको मेनुमा रु एक हजारदेखि रु एक हजार ५०० शुल्क कायम गरिएको सञ्चालक भट्टराईले जानकारी दिएका छन् । 

उनका अनुसार होटलमा सङ्क्रमण फैलिन नदिन सधैँ सेनिटाइज गरिन्छ । होटेलले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको र जोखिम नियन्त्रण एवं निर्मूल गर्न सबै किसिमको प्रविधि प्रयोग गरेको छ । 

उनले होटलमा बस्दा कुनै बिरामीको अवस्था गम्भीर भएमा आइसियु, भेन्टिलेटरसहितको अस्पतालमा पु¥याउन विराटनगर महानगरपालिकासँगको सहकार्यमा एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी पनि दिएका छन् । 

महानगर प्रमुख पराजुलीको पहलमा शुरु भएको सो आइशोलेशन विराटनगर विमानस्थल जाने बाटोमा पर्छ । महानगरपलिकाले यसअघि आफ्नो खर्चमा मरवाडी सेवा सदनमा ४० र बैजनाथपुरमा २० शय्याको आइशोलेशन तयार गरी बिरामीलाई सेवा प्रदान गर्दै आएको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x