Enjoy Your Study को दोस्रो ब्याच २०७७ चैत्र २१ गते देखि २५ गते सम्म सञ्चालन हुँदै

उत्सव ढकाल

ज्ञानमाण्डू। ज्ञानमाण्डूको प्रकाशक संस्था साइन्टिफिक लर्निङ्ग सेन्टरले विभिन्न तालीम कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा विद्यार्थी लक्षित Enjoy Your Study नामक Virtual Course को दोस्रो ब्याच २०७७ चैत्र २१ गते देखि २५ गते सम्म (बेलुकी ६ बजे देखि ८ बजे सम्म) सञ्चालन गर्दै छ। 

 

ZOOM मार्फत हुने सो Virtual Course का  विशेषताहरू देहाय बमोजिम रहेको कुरा कम्पनीले जनाएको छ ।


-मानव मस्तिष्क र यसको कार्यक्षमता ।
- दायाँ र बायाँ मस्तिष्कको गतिविधिहरू ।
- अध्ययनको क्रममा दायाँ मस्तिष्क कसरी सक्रिय पार्ने ।
- पढाइ सम्बन्धी समस्याहरू, समस्याको कारण र यसको समाधानहरू ।
- राम्रो परिणामको लागि वैज्ञानिक रूपमा प्रमाणित अध्ययनका विधिहरू ।
- एकाग्रता सूत्र बुझेर एकाग्रता सुधार गर्ने तरिका ।
- पढाइ र सिकाईकन गति बढाउने उपायहरू ।
-प्राथमिकता तय गरेर सबै विषयहरूको लागि उचित समय व्यवस्थापन गर्ने तरिकाहरू।
- अध्ययन गरेको कुरा लामो समय सम्म सम्झिने विधिहरू ।
- पढाइका वैज्ञानिक विधिहरू अवलम्बन गरी अध्ययन समय घटाउने उपायहरू ।


पाँच माेडुलमा विभक्त सो कोर्समा पढाइका Signal Study Technique, Scanning Technique, Association by Imagination Technique, Mind-Mapping Technique, Revision Tips, Time Management, Concentration Formula आदिको बारेमा पढाइनुका साथै अभ्यास समेत गराइने कुरा सो कोर्सका Creator तथा Facilitator उत्सव ढकालले जानकारी दिनुभयो ।

 

अधिकतम २५ जनासम्म सहभागी हुन सक्ने सो कोर्समा ZOOM मार्फत प्रशिक्षण दिइनुका साथै १ हप्ताका लागि उक्त कोर्सको रेकर्डेड अनलाइन कोर्स समेत निःशुल्क उपलब्ध गराइने कुरा  समेत जनाइएको छ ।

 

सामान्यतया पढ्ने,लेख्ने र सम्झने शब्दलाई एउटै सन्दर्भमा बुझिने गरेको परिप्रेक्ष्यमा पढ्ने शब्द अलग हो, यसको तरिका पनि फरक हुन्छ, लेख्ने शब्द अलग हो, यसको तरिका पनि फरक हुन्छ र सम्झने शब्द पनि अलग हो, यसको तरिका पनि फरक हुन्छ भन्ने मूल्य तथा पढ ! पढ ! पढ ! होइन, यसरी पढ ! भन्ने संस्कारको विकास गरौँ भन्ने मान्यताअनुरुप सृजना गरिएको सो कोर्समा सहभागी हुन सहभागिता शुल्क रु २,५००/- तोकिएको छ भने सम्पर्क नं. 9851180222 रहेकाे छ ।


भविष्यमा Physical तथा One on One Counseling मोडलमा समेत सो कोर्स सञ्चालन गरिने कुरा कोर्सका Creator उत्सव ढकालले बत्ताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x