‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने

ज्ञानमाण्डू।नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेस नेपाल–२०२०’ घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेस भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो । 

भिजिट मधेस नेपालद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा ‘भिजिट मधेस डटकम’ र भिजिट मधेस नामक मोबाइल एप्प शुरुआत गरिएको छ । तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्त्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरूले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ । 

तराई मधेसका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिक स्तरबाट ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, “तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, वेशभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्थरमा प्रवर्द्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ ।”रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x