एन आई सी एशिया बैंकको डिजिटल दशैं योजना



ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । सो योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकहरूलाई आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा POS भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले QR भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।


बैंकले २०७८ आश्विन २१ देखि कात्र्तिक २१ सम्म बैंकको भिसा कार्डमार्फत POS कारोबार गर्ने ग्राहकहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ । जसअनुसार पहिलोपटक POS कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रू. १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म क्यासब्याज अफर रहेको छ । त्यसैगरी बैंकले २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहकहरूलाई Palsonic को तर्फबाट ३२ इन्च टिभी, CG को तर्फबाट माइक्रोवेभ ओभन, Triveni Group को तर्फबाट यासुदा ओभन, Gaia Holiday Home Dhulikhel को तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, Hongkook Sarang को तर्फबाट एक जोडीलाई डिनर प्याकेज, Saathimart को तर्फबाट १० जना भाग्यशाली विजेतालाई रू.१,००० को शपिङ्ग भौचर, Orchid Group को तर्फबाट बैंकको कार्डहरू प्रयोग गरी रू.५,००० भन्दा बढिको खरिदमा रू.५०० बराबरको गिफ्ट भौचर र Awei को तर्फबाट एक जनालाई Earbud प्रदान गरिने कुरा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x