मर्जर तथा एक्यूजिशन सम्मेलन सम्पन्न

ज्ञानमाण्डू।एआइएमटी ट्रेनिंग सोलुशन र साइन्टिफिक लर्निङ्ग सेन्टरको संयुक्त आयोजनामा मर्जर तथा एक्यूजिशन सम्मेलन सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सहभागिता रहेकाे साे सम्मेलन ललितपुर कुपण्डाेल स्थित समिट होटलमा २०७६ साल श्रावण १० गते भएकाे साे सम्मेलनमा नेपाल राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक बम बहादुर मिश्र, पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनी, जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवंर क्षेत्री र ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली वक्ताको रुपमा र दिपक बाबु अर्यालले मोडरेटरको भूमिका निर्वाह गरेका थिए। 

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्यूजिशनको प्रकृया, असर र चुनौती बिषयमा आफ्नो प्रस्तुति राखेका थिए।  
जनता बैंकका प्रमुख कार्यकारी आधिकृत पर्शुराम कुवंर क्षेत्रीले नेपालमा वाण्ज्यि बैंक र राष्ट्रिय स्तरका विकास बैंकको संख्या सहित हेर्दा करिब सात लाख पचास हजार जनताको लागि एउटा बैंक छ भने बंगलादेशमा करिब उन्नान्तिस/तीस लाख जनताको लागि एउटा बैंक देखिन्छ जबकि बंगलादेशको अर्थतन्त्र नेपालको भन्दा करिब दश गुणा बढि छ, त्यस्तै भारतमा करिब एक करोड पचपन्न लाख जनताको लागि एउटा बैंक छ भने नेपाल भन्दा करीब बाह्र गुणा बढि कुल ग्राहस्थ उत्पादन (GDP)  भएको पाकिस्तानमा करीब पैचालीस  लाख जनताका लागि एउटा बैंक रहेको सन्दर्भमा financial consolidation आजको राष्ट्रिय आवश्यकता भएकोले बैंक तथा वित्तीय संस्थाको मर्जर सान्दर्भिक रहेको बताए।

अधिकांश वक्ताले नेपालको कुल ग्राहस्थ उत्पादन (GDP)को तुलनामा बैंक तथा वित्तीय संस्थाको संख्या बढि देखिएको परिप्रेक्ष्यमा financial consolidation का लागि बैंक तथा वित्तीय संस्थाको मर्जर सान्दर्भिक रहेको बताउदै यसकालागी बिस्तृत अध्ययन र स्पष्ट सरकारी नीतिको आवश्यकतामा जाेड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x