आइतबार नेप्सेमा २ वाणिज्य बैंक सहित १ लघुवित्तको बोनस सेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार दुई वाणिज्य बैंक सहित एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ ।नेपाल स्टक एक्सचेन्जमा आइतबार माछापुच्छ्रे बैंक र लक्ष्मी बैंक सहित छिमेक लघुवित्तको कुल १ करोड ८० लाख ७७ हजार ४७२ दशमलव ८७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७ दशमलव ०३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो। माछापुच्छ्रे बैंक लिमिटेडको कुल जम्मा५९ लाख ४६ हजार १६९.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यस्तै, सूचीकृत भएको कुल १ करोड ८० लाख ७७ हजार ४७२ दशमलव ८७ कित्ता बोनस शेयर मध्य सबैभन्दा धेरै बोनस शेयर नेप्सेमा सूचीकृत भएको लक्ष्मी बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो। लक्ष्मी बैंक लिमिटेडको कुल जम्मा ८८ लाख ३१ हजार ३०३.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यता, छिमेक लघुवित्तले भने आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २२ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो। छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल जम्मा ३३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x