आशा लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे, +2/SLC/SEE पास हुनेलाई सुनौलो अवसर



Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको यस आशा लघुवित्त वित्तीय संस्था लि. को केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको लागि मेहनती, इमान्दार र अनुभवी कर्मचारीहरुको आवश्यकता भएकोले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट तपसिल बमोजिमको पदहरुको लागि दरखास्त आह्वान गरिन्छ।

विज्ञापन नं. : 
०१/०७९/८०

पद : नायव प्रमुख कार्यकारी अधिकृत

श्रेणी : व्यवस्थापकीय

संख्या :

आवश्यक न्यूनतम योग्यता : स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक/वित्तीय/लघुवित्त संस्थामा व्यवस्थापकीय स्तरमा रही विभागीय प्रमुखका रुपमा कम्तीमा ६ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय स्तरमा रही विभागीय प्रमुखको रुपमा कम्तीमा ८ वर्ष कार्य गरेको।

 
विज्ञापन नं. : ०२/०७९/८०

पद : वरिष्ठ प्रबन्धक

श्रेणी : व्यवस्थापकीय

संख्या :

आवश्यक न्यूनतम योग्यता : स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक/वित्तीय/लघुवित्त संस्थामा व्यवस्थापकीय स्तरमा रही विभागीय प्रमुखका रुपमा कम्तीमा ५ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक/वित्तीय/लघुवित्त संस्थामा व्यवस्थापकीय स्तरमा रही विभागीय प्रमुखको रुपमा कम्तीमा ७ वर्ष कार्य गरेको। 

Click here to join viber community for all Vacancy Updates.


विज्ञापन नं. :  ०३/०७९/८०

पद : सहायक प्रबन्धक

श्रेणी : व्यवस्थापकीय

संख्या :

आवश्यक न्यूनतम योग्यता :  स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक/वित्तीय/लघुवित्त संस्थामा अधिकृत स्तरमा रही कम्तीमा ४ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक/ वित्तीय/ लघुवित्त संस्थामा अधिकृत स्तरमा रही कम्तीमा ६ वर्ष कार्य गरेको । 

  

विज्ञापन नं. :  ०४/०७९/८०

पद : वरिष्ठ अधिकृत/अधिकृत/कनिष्ठ अधिकृत

श्रेणी : अधिकृत

संख्या : केही

आवश्यक न्यूनतम योग्यता 

वरिष्ठ अधिकृत : स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक/वित्तीय/लघुवित्त संस्थामा एक तह मुनिको पदमा कम्तीमा ३ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक/वित्तीय/लघुवित्त संस्थामा एक तह मुनिको पदमा ४ वर्ष कार्य गरेको वा CA/ACCA को परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य गरेको । 

अधिकृत : स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक/वित्तीय/लघुवित्त संस्थामा एक तह मुनिको पदमा कम्तिमा २ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मुनिको पदमा कम्तीमा ३ वर्ष कार्य गरेको वा CA/ACCA को परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १ वर्ष कार्य गरेको वा Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य गरेको। 

कनिष्ठ अधिकृत : स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैक/वित्तीय/लघुवित्त संस्थामा शाखा प्रबन्धक वा एक तह मुनिको पदमा २ वर्ष कार्य गरेको वा प्रमाणपत्र तह वा सो |सरहको परीक्षा उत्तीर्ण गरी शाखा प्रबन्धक वा एक तह मुनिको पदमा ३ वर्ष कार्य गरेको वा Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा १ वर्ष कार्य गरेको।

Click here to join viber community for all Vacancy Updates.

विज्ञापन नं. :  ०५/०७९/८०

पद : सुपरभाईजर/वरिष्ठ सहायक/सहायक/

श्रेणी : सहायक

संख्या : केही

आवश्यक न्यूनतम योग्यता

सुपरभाईजर : स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा जिम्मेवार पदमा रही कम्तीमा ३ वर्ष कार्य गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा जिम्मेवार पदमा रही कम्तीमा ५ वर्ष कार्य गरेको । 

वरिष्ठ सहायक : स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा  कम्तीमा २ वर्ष कार्य गरेको वा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा ४ वर्ष कार्य गरेको। 

कनिष्ठ सहायक सहायक: प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा २ वर्ष कार्य गरेको वा एस.ई.ई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघवित्त वित्तीय संस्थामा कम्तीमा ३ वर्ष कार्य गरेको ।

कनिष्ठ सहायक : एस.ई.ई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा १ वर्ष कार्य गरेको ।


विज्ञापन नं. :  ०६/०७९/८०

पद : प्रशिक्षार्थी सहायक

श्रेणी : सहायक

संख्या : केही

आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सि./एस.ई.ई वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी ज्ञान हासिल गरेकोलाई प्राथमिकता दिईनेछ।


उमेरको हद : विज्ञापन नं.०१/०७९/८० को लागि २१ वर्ष पुरा भई ५५ वर्ष ननाघेको, विज्ञापन नं. ०२/०७९/८० र ०३/०७९/८० को लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको तथा विज्ञापन नं. ०४/०७९/८० देखि ०६/०७९/८० को लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेका हुनुपर्ने छ । तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुनेछ।

छनौट प्रक्रिया :
छोटो सूचीमा परेको उम्मेदवारहरुलाई प्रस्तुतिकरण र अन्तरवार्ता मध्ये कुनै एक वा दुवै माध्यमबाट छनौट गरिनेछ ।


Click here to join Gyanmandu.com's Viber Community

तलव तथा अन्य सविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ। 


पुनश्च : सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आवेदन दिन चाहेको पद तथा विज्ञापन नं. खुलेको निवेदन र वायोडाटा [email protected] मा ई-मेल मार्फत वा यस संस्थाको केन्द्रीय कार्यालयमा पेश गर्न सकिने छ । प्राप्त सबै निवेदन उपर नियमानुसार छानविन गरी छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि समावेश गरिनेछ । रित नपुगि तथा म्याद नाघी आएको निवेदन उपर कुनै कार्यबाही हुने छैन । छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ।

 

आशा लघुवित्त वित्तीय संस्था लि.   

 कन्द्रीय कार्यालय, ककनी-०६, नुवाकोट

वेब साइट : www.ashamicrofinance.com.np

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x