सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर २९ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार मंसिर २८ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा किनबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x