जनता बैंककाे एकै साथ ६ शाखाहरूबाट कारोबार शुभारम्भ र स्वास्थ्य शिविर सञ्चालन

ज्ञानमाण्डू। देशको ग्रामीण तह सम्म बैङ्किङ पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको जनता बैङ्क नेपाल लिमिटेडले काठमाडौँ उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ । बैङ्कले नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौँ, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलेको छ । 

मन्थली नगरपालिकाका मेयर श्री रमेशकुमार बस्नेतले मन्थली शाखाको उद्घाटन गरेका छन् । उक्त समुद्घाटन कार्यक्रममा बैङ्कका अध्यक्ष श्री केशवबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्रीले बैङ्कको बारेमा मन्तव्य राखेका थिए । यसै गरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर श्री ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष श्री पूर्णसिंह थापा, पाटन सुन्धारा शाखाको बैङ्कका सञ्चालक श्री रामबहादुर भण्डारी, ठिमी शाखाको बैङ्कका सञ्चालक श्री सञ्जीव न्यौपाने र किर्तिपुर शाखाको नायव प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यले समुद्घाटन गरेका छन् । नयाँ खोलिएका शाखाहरूबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरूलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा लगायत सम्पूर्ण आधुनिक बैङ्किङ सेवा बैङ्कले उपलब्ध गराउने छ । 
यसै बिच बैङ्कले तनहुँको डुमेमा शाखा उद्घाटन सँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत् निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । स्त्री तथा प्रसूति रोग, हाड जोर्नी र सामान्य स्वास्थ्य परीक्षण सम्बन्धी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरूलाई आवश्यक औषधि बैङ्कले निःशुल्क उपलब्ध गराउने छ । 

यस सँगै जनता बैङ्कको शाखा सञ्जाल पूर्वको ताप्लेजुङ देखि पश्चिमको दार्चुला सम्म सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा गरी कुल १३५ पुगेको छ । यस सँगै बैङ्कले ५० शाखा रहित बैङ्किङ, १ सीमित बैङ्किङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैङ्किङ सेवा पु¥याउदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x