नबिल बैङ्कको नाफा ४ अर्ब ९७ करोड, आकर्षक लाभांश दिन सक्ने क्षमता

nabil bank

ज्ञानमाण्डू। नबिल बैङ्कको नाफा ९.८३ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ०१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा २६ अर्ब ३७ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.७९ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा नबिल बैङ्कले आफ्ना शेयरधनिहरूलाई ३९.९४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.५४ प्रतिशत र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा छ र मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x