मैलुङ खोला जलविद्युतको आईपीओ आजदेखि बिक्री खुला, कति दिने आवेदन ?


ज्ञानमाण्डू।मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज मिति २०७८ साल श्रावण १४ गतेदेखि प्राथमिक शेयर (आइपिओ) बिक्री खुला गरेको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता प्राथमिक शेयर (आइपिओ) बिक्री खुला गर्ने जनाएको छ । कम्पनीले निष्कासन गर्न लागेको कुल ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओलाई आधार मान्दा ६८ हजार ४७४ जना लगानीकर्ताले १० कित्ता शेयर पाउने देखिन्छ भने भाग्यमानी ६ जनाले ११/११ कित्ताका दरले शेयर प्राप्त गर्ने देखिन्छ ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आफ्नो कूल जारी पुँजी २ अर्ब रुपैंयाको २० प्रतिशतले हुन आउने ७ करोड ३६ लाख २८ हजार ६०० रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अङ्कितका दरले ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर मध्ये कूल निष्कासनको २% अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरूलाई र कुल निष्कासनको ५% अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरी, बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा छिटोमा श्रावण १८ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस्तै, पर्याप्त आवेदन नआए कम्पनीको आइपिओ ढिलोमा श्रावण २८ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १,००,००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरूले आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आइपिओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले “CARE-NP D (Is) [D (Issuer)]” रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्ग प्राप्त गर्ने संस्थाले वित्तीय दायित्व पुरा नगरेको वा छिट्टै पुरा गर्न नसक्ने (Issuers with this rating are in default or are expected to be in default soon) जनाउँछ।

  • कति दिने आवेदन ?

यस अघि निष्कासन तथा बाँडफाँड भइसकेको यूनियन लाइफ इन्स्योरेन्सको आइपिओ तथ्याङ्कलाई अधार मान्ने हो भने उक्त कम्पनीको आईपीओमा कुल २१ लाख १२ हजार ७९९ लागानिकर्ताले आवेदन दिएका थिए। हिजो आज निष्कासन भएका सबै जसो कम्पनीको आईपीओमा लागानिकर्ताहरुको ठुलै चाँप हुने गरेको छ भने निष्कासन भएका सबै जसो कम्पनीको आईपीओमा आवेदन दिने लागानिकर्ताहरुको सङ्ख्याले रेकर्ड बनाउँदै आइरहेको छ। यस विषयलाई आधार मान्ने हो भने मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा पनि कम से कम २१ लाख १२ हजार ७९९ लागानिकर्ताले आवेदन दिने पक्का पक्की जस्तो नै देखिन्छ। कम्पनीले निष्कासन गर्न लागेको कुल ६ लाख ८४ हजार ७४६ कित्ता आइपिओ र २१/२२ लाख लागानिकर्ताको माग समान नहुने हुँदा, यस कम्पनीको आईपीओमा १० कित्ताका लागी आवेदन दिनु नै बुद्धिमणि हुने देखिन्छ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओलाई आधार मान्दा ६८ हजार ४७४ जना लगानीकर्ताले १० कित्ता शेयर पाउने देखिन्छ भने भाग्यमानी ६ जनाले ११/११ कित्ताका दरले शेयर प्राप्त गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x