धितोपत्र बजारमा उछाल, नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ को विन्दुमा


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २४७५ दशमलव ०९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ५५ अंकले बढेर ४४४ दशमलव १५ को विन्दुमा पुगेको छ । 

आज कूल २१३ कम्पनीका १ करोड १६ लाख  ५७ हजार ९७५ कित्ता शेयर रु ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ मध्ये ट्रेडिङ उपसमूह  बाहेक अधिकांस उपसमूहको शेयर वृद्धि भएको छ भने  ।  बैंकिङ उपसमूह २६ दशमलव ११ अङ्कले बड्दा होटल तथा पर्यटन ११२.८८ अङ्कले, विकास बैंक २४.३७ अङ्कले, जलविद्युत् ३.१५ अङ्कले, वित्त १४.१५ अङ्कले, निर्जीवन बीमा १९१.०८ अङ्कले, उत्पादन १६२.१३ अङ्कले, अन्य उपसमूह ४१.१३ अङ्कले, लघुवित्त १०२.१३ अङ्कले, जीवन बीमा ४१५.४७ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले र लगानी उपसमूह १ दशमलव ९५ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ३९ दशमलव ६ अङ्कले घटेको छ। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x