८४.१७ प्रतिशतले नाफा वृद्धि गर्न सफल नेपाल बंगलादेश बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू।नेपाल बंगलादेश बैङ्कको नाफा ८४.१७ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब २४ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब २९ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैङ्कले ८७ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ४१ करोड रुपैयाँ र संचित मुनाफा ६ अर्ब ३६ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.५० प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा १ अर्ब ४७ कराेड रुपैयाँ रहेकाे छ अर्थात नेपाल बंगलादेश बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १६.३८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.५५ प्रतिशत र प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४९७ काे आधारमा मूल्य आम्दानी अनुपात १९.५२ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x