विदेशबाट आधा लाख नेपाली स्वदेश फर्किए

ज्ञानमाण्डू।कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्पनीले नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएका हुन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को यही साउन २५ गतेको विवरणअनुसार विभिन्न ३० मुलुकबाट भएको उद्धार उडानमार्फत ४८ हजार ८३२ नेपाली स्वदेश फर्किएका छन् । आज थप ८४९ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल फर्किएका यात्रुसहितको सङ्ख्या जोड्दा हालसम्म ४९ हजार ६८१ नेपाली स्वदेश फर्किएका हुन् । 

विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत धमाधम स्वदेश फर्काएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २३९ र दोहाबाट १५१ नेपाल काठमाडौँ ल्याएको छ । 

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै फलाइ दुबई १५४ यात्रु नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालयको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले जनाएको छ । मङ्गलबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी ६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x